No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बेलायतमा ३० वर्षयताकै ठूलो रेल हड्ताल

0

बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ । हड्ताल समाप्तीको लागि भएको वार्ता असफल भएको बताइएको छ ।

यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नु कामबाट बाहिरिका छन् । रेल र लन्डन भूमिगत स्टेशन मङ्गलबार बिहान बन्द, भएपछि मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।

लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन् । सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुन ः आएको उनले बताए ।

प्रकाशित: ७ असार २०७९, मंगलवार १०:५९

Leave a Reply