No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मोगादिसुको होटलमा आतङ्वादी आक्रमण, दशजनाको मृत्यु

0

सोमालियाको राजधानी मोगादिसुस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा कम्तीमा १० जना मारिएका छन् भने कैयौँ घाइते भएका छन् ।

घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरूले बताएका छन् । यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन ।

हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए । शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो । होटलमा लुकेका आक्रमणकारीहरूलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेका भए पनि कतिजना आक्रमणकारी त्यहाँ छन् भन्ने स्पष्ट भएको छैन ।

इस्लामिक चरमपन्थी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ । होटलको स्वागतकक्ष बाहिर भुइँमा आफूले धेरै शव देखेको उद्धार गरिएका एकजनाले बताएका छन् । आक्रमणमा मारिएकाहरूको परिचय पनि खुलाइएको छैन ।

प्रकाशित: ४ भाद्र २०७९, शनिबार ०८:४३

Leave a Reply