No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

देश छाडेर भागेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाये स्वदेश फिर्ता

0

देश छाडेर भागेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाये राजापाक्षे स्वदेश फर्केका छन् । उनी गत जुलाईमा सिंगापुर भागेका थिए। देश छाडेर भागेको झन्डै ५० दिनपछि शनिबार बिहान उनी श्रीलंका फर्किएका हुन् ।

राजापाक्षे बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा कडा सुरक्षा व्यवस्था गरिएको थियो। उनलाई स्वागत गर्न मन्त्रीहरु त्यहाँ पुगेका थिए। राजापाक्षे कोलम्बोमै बस्ने र त्यहाँ कडा सुरक्षा व्यवस्था मिलाइने बताइएको छ ।

आन्दोलनकारी राष्ट्रपति निवासमै घुसेर प्रदर्शनमा उत्रिएपछि गत जुलाई १३ मा उनी मल्दिभ्स भागेका थिए। आर्थिक संकटले श्रीलंका टाट पल्टिएपछि त्यहीबेला उनले पदबाट राजीनामा दिएका थिए। यसअवधिमा उनी माल्दिभ्स, सिंगापुर र थाइल्यान्ड पुगे।

 

प्रकाशित: १८ भाद्र २०७९, शनिबार ०६:५४

Leave a Reply