No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बैंक अफ इङ्गल्याण्डद्वारा ब्याज दरमा वृद्धि

0

बैंक अफ इङ्गल्याण्ड (बीओई)ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ । बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि दिएको छ । बेलायती बैंकको लगातार दोस्रो पटकको शून्य दशमलव ५ अङ्कको वृद्धि यस हप्ताको अमेरिकी फेडरल रिजर्भ र अन्य वैश्विक केन्द्रीय बैंकहरूले ब्याज दरमा गरेको उच्च वृद्धिपछि भएको हो ।

बेलायती नीति निर्माताहरूले शीघ्र तथा उच्च रूपमा भएको उपभोक्ता मूल्यहरू नियन्त्रण गर्न खोजिरहेका छन् । बैंकले प्रमुख ब्याज दरलाई शून्य दशमलव ५ प्रतिशत बिन्दुले २ दशमलव २५ प्रतिशतमा पुर्याई अधिकांश बजारका अपेक्षाहरू पूरा गरेको छ ।

बैंकको अगस्टको कदमलाई दोहोर्याउँदैपहिले नै ऋण लागतलाई १४ वर्षको उच्च विन्दुमा पुर्याएको थियो । बेलायती प्रधानमन्त्री लिज ट्रसले व्यवसाय र घरपरिवारका लागि ऊर्जाको मूल्य स्थिर गर्ने र देशको जीवनयापनको लागतलाई कम गर्ने योजनाको परिणामस्वरूप मुद्रास्फीतिको दृष्टिकोणमा सुधार भएको उल्लेख गरेकी छन् ।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार ०४:२१

Leave a Reply