No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फिलिपिन्समा ‘नोरु’ आँधीबाट ६ जनाको मृत्यु

0

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा ६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा र हावाहुरीसहित आएको सुपर टाइफुन ‘नोरु’ले सताएको छ ।

टाइफुन नोरुले रुखहरु, बिजुलीको खम्बा ढालेको र बाढीले पनि सताएको जनाइएको छ । राजधानी मनिलानजिकै रहेको बुलाकान प्रान्तको सान मिगुएल नगरपालिकामा बाढीपीडित बासिन्दाहरूलाई मद्दत गर्न पठाइएका पाँच उद्धारकर्ताको मृत्यु भएको प्रान्तका गभर्नर ड्यानियल फर्नान्डोले जानकारी दिए ।

उनीलाई प्रान्तीय सरकारले बाढीग्रस्त क्षेत्रमा तैनाथ गरेको सान मिगुएलका प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नल रोमुआल्डो एन्ड्रेसले बताए ।

सोमबार फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले आँधीबाट प्रभावित मनिलाको उत्तरमा तीन प्रान्तको हवाई निरीक्षण गरेका छन् । नोरु यस वर्ष फिलिपिन्समा प्रवेश गर्ने ११ औं र सबैभन्दा शक्तिशाली आँधी हो ।

प्रकाशित: १० आश्विन २०७९, सोमबार १०:४९

Leave a Reply