No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जसले चुनावमा हजार रुपैयाँ पनि खर्च गरेका छैनन्, उनीहरूलाई सिधै डेढ लाख जरिवाना ?

0

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उमेदवारलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई लिखित आग्रह गरेको छ ।

निर्वाचन आयोगलाई पत्र लेखेर महासंघले निर्वाचन खर्च विवरण आयोगमा पेस गर्न ३० वा १५ दिनको थप समय दिन आग्रह गरेको छ ।

आयोगको उक्त कारवाही गर्ने निर्णयले समावेशी अभ्यासबाट राजनीतिको मूलधारमा आउन लागेका सीमान्तकृत नागरिकलाई आतंकित बनाएको महासंघको ठहर गरेको पत्रमा उल्लेख गरेको छ ।

‘स्थानीय तहको निर्वाचनमा उमेदवारी दिनेहरूको आर्थिक अवस्था, राजनीतिक चेतना, शैक्षिक परिवेशका कारण यस प्रकारको कानुन पूर्ण रूपमा कार्यान्वयन हुन व्यावहारिक रूपले कठिन देखिन्छ । जसले चुनावमा हजार रुपैयाँ पनि खर्च गरेका छैनन्, उनीहरूलाई सिधै डेढ लाख जरिबाना गर्ने र नतिरे कालोसूचीमा राख्ने आयोगको निर्णयले समावेशी अभ्यासबाट भर्खरै राजनीतिको मूलधारमा आउन लागेका सीमान्तकृत नागरिकलाई आतंकित बनाएको छ,’ महासंघको पत्रमा भनिएको छ ।

आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा खर्चको विवरण नबुझाउने उमेदवारलाई कारबाहीस्वरूप जरिबाना तिराउने निर्णय गरेको सूचना हालै सार्वजनिक गरेको छ ।

 

प्रकाशित: १० आश्विन २०७९, सोमबार १६:५५

Leave a Reply