No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वराजाद्धारा शताव्दी पुरुष जोशीको स्वास्थ्यलाभको कामना

0

काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शताव्दी पुरुष सत्यमोहन जोशीको पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिदै सिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । पूर्वराजा शाहले आफ्ना सचिव सागर प्रसाद तिमल्सिना मार्फत शताव्ष्दी पुरुष जोशीको स्वास्स्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो ।

शताव्दी पुरुष जोशीको स्वास्थ्यलाभको कामना गर्न पूर्वराजाका सचिव तिमल्सिना मंगलवार किस्ट अस्पताल जानु भएको थियो । पछिल्ला दिनमा किस्ट अस्पतालको सघन उपचार कक्षमा शताव्दी पुरुष जोशीको उपचार भैरहेको छ ।

उहाँलाई भेटन मंगलवार अस्पताल पुगेर पूर्व राजा शाहको तर्फबाट सचिव तिमल्सिनाले स्वास्थ्य अवस्था बुझ्दै सिघै स्वास्थ्यलाभको कामना गर्नु भएको थियो । उक्त जानकारी पूर्व राजाको सम्वाद सचिवालयले दिएको हो ।

प्रकाशित: २६ आश्विन २०७९, बुधबार ०४:३४

Leave a Reply