No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रकाशमानलाई भोट माग्न बाबुराम भट्टराई घरदैलो कार्यक्रममा

0

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताएका छन् । शुक्रबार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

उनले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरुलाई काठमाडौं १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताए । उनले गठबन्धनमा साझा उम्मेदवारहरुले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न सकिने भएकाले प्रकाशमान लगायत गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।

अध्यक्ष भट्टराईले आफूले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको उल्लेख गर्दै गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने दाबी गरे ।

उनले भने, ‘अहिलेको निर्वाचन विशिष्ट छ । सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा दलहरुको प्रतिष्पर्धा हुन्छ । तर अहिले हामीले निर्माण गरेको, संघर्ष गरेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ, त्यसमाथि नै प्रहार भएको हुनाले प्रतिगमनकारी शक्तिहरुका बिरुद्ध अग्रगमनकारी हामी शक्तिहरुको गठबन्धन हो । त्यसअर्थमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्तित्व हुनुहुन्छ । व्यक्तिगत रुपमा पनि उहाँ स्वच्छ हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ । हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुन्छ । यसमा टेकेर सुशासन समृद्धि हुनसक्छ । त्यसैले उहाँको पक्षमा मतदान गर्न म आग्रह गर्दछु ।’

अध्यक्ष भट्टराईले घरदैलो कार्यक्रममा वाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै विकासले गति लिन्छ भन्ने आम नागरिकको विश्वास रहेको पाइएको बताए ।

प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार ०४:४४

Leave a Reply