No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बङ्गलादेशको प्रतिव्यक्ति आय वृद्धि

0

बङ्गलादेशको प्रतिव्यक्ति आय वृद्धि अघिल्लो बर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) को बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्बजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०२०–०२१ (जुलाई २०२० देखि जुन २०२१) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको थियो । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सन् २०२१/०२२ मा बङ्गलादेशको कूल गार्हस्थ उत्पादन वृद्धिदर ७.२५ प्रतिशत पुगेको छ ।

बङ्गलादेशको तथ्याङ्क विभागले आर्थिक वर्ष २०२१–०२२ मा देशको कूल गार्हस्थ उत्पादन चार खर्ब ६५ अर्ब डलर पुगेको जनाएको छ ।

बङ्गलादेशमा पछिल्लो समय इन्धन अभाब, उर्जा सङ्कट र विश्वव्यापी खाद्यान्न समस्यालगायतका कारण आर्थिक मन्दी बढेको भन्दै यसलाई सम्बोधन गर्न विभिन्न तहमा बहस चलिरहेको छ ।

प्रकाशित: १ मंसिर २०७९, बिहीबार ०४:३६

Leave a Reply