No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपतिको निर्वाचनलाई विचार गरेर सरकारलाई विश्वासको मतः शेखर कोइराला

0

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको बताएका छन् ।

बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सबै सांसदहरूले मत हाल्न पाउने अधिकार भएकाले त्यसैलाई हेरेर सरकारलाई विश्वासको मत दिएको बताए ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिमा आफूहरूले पनि उम्मेदवारी दिने भन्दै यी सबै कुरालाई मध्यनजर गरेर आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिएको बताए । उनले भने‚ ‘राष्ट्रपति‚ उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सांसदले भोट हाल्नुहुन्छ । यो सबैलाई विचार गरेर हामीले सरकारलाई विश्वासको मत दिएका हौं ।’

उनले कांग्रेसले सरकारको गुण र दोषका आधारमा प्रश्न उठाउने र समर्थन गर्ने भन्दै प्रतिपक्षी भूमिकामै रहने बताए । उनले भने, ‘प्रतिपक्षको बेन्चमा बस्छौं । गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्छौं तर सरकारमा जाँदैनौं ।’ संवैधानिक निकायमा शक्ति बाँडफाँटको विषयमा अहिले कुनै कुरा नभएको बताए ।

 

प्रकाशित: २८ पुष २०७९, बिहीबार ११:०५

Leave a Reply