No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित

0

हेटौंडा । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् ।

प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाका अनुसार, ११० जना सदस्य रहेको बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा १०९ जना सदस्य मात्रै उपस्थित रहेका थिए ।

बैठकमा उपस्थित भएकामध्ये पाठकले सभामुख पदका लागि गरेको प्रस्तावको पक्षमा ६२ मत, विपक्षमा ४९ मत र मत दिन्न भन्ने पक्षमा ७ मत परेको थियो ।

पाठकको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल रहेका थिए ।

बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार ०८:३५

Leave a Reply