No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने श्रीलंकाका पूर्वराष्ट्रपति सिरिसेनाको घोषणा

0

श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को समर्थनमा चुनाव लड्ने घोषणा गरेको डेली मिररले जनाएको छ ।

पूर्वराष्ट्रपति सिरिसेनाले एसएलएफपीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा चुनाव लड्ने घोषणा गर्दै आफूविरुद्ध हुने कुनै पनि षड्यन्त्रबाट आफू नडराउने बताए ।

‘कुनै पनि षडयन्त्रसँग डराउँदिनँ । म कानुन र अदालतको सम्मान गर्छु । जस्तोसुकै समस्या आए पनि म एसएलएफपीको समर्थनमा अर्को राष्ट्रपतीय चुनावमा भाग लिनेछु,’ डेली मिररले मैत्रीपालालाई उदृत गर्दै समाचार छापेको छ ।

डेली मिररका अनुासर गत पुस २८ गते देशको सर्वोच्च अदालतले सिरिसेनालाई सन् २०१९ मा भएको ‘इस्टर सन्डे’ हमलाका पीडितलाई क्षतिपूर्तिस्वरुप १० करोड क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

सिरिसेना सन् २०१५ देखि २०१९ सम्म श्रीलङ्काका राष्ट्रपति थिए । श्रीलङ्काकामा सन् २०२४ को सेप्टेम्बरमा राष्ट्रपतिको निर्वाचन हुनेछ ।

 

प्रकाशित: १७ माघ २०७९, मंगलवार १२:५५

Leave a Reply