No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एलिना चौहानको ‘मायामा यस्तो किन ?’

0

काठमाडौं । अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्युजिक भिडियो ‘मायामा यस्तो किन ?’ रिलिज गरिएको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर अवतारमा प्रस्तुत छन् । भिडियोमा वर्गीय विभेदले प्रेमिल जीवनमा आउने उतारचढाव देख्न सकिन्छ । नाजिर र कविताको प्रेम, विछोड र मिलनले दर्शकको मन छुन्छ । फिल्मी शैलीमा तयारी पाएको गीतको शब्द रचना तथा संगीत नरेश जोगीले तयार पारेका हुन् ।

गणेश चौधरीको संगीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वंयमको कोरियोग्राफी रहेको छ । पिके फिल्स्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादनको जिम्मेवारी मिलन विश्वकर्माले सम्हालेका छन् ।

प्रकाशित: २५ माघ २०७९, बुधबार १२:०३

Leave a Reply