No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूकम्पका कारण टर्की र सिरियामा १५ हजार भन्दाबढीको मृत्यु

0

भूकम्पबाट टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १५ हजार मानिसले ज्यान गुमाएको पुष्टि भएको छ । बिहीबार बिहानसम्म मृतकको संख्या १५ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । टर्की र सिरिया दुवै देशका प्रभावित स्थानहरूमा खोजी तथा उद्धार कार्य जारी छ।

मृतकहरूको सङ्ख्या अझै बढ्ने देखिएको छ। अत्यधिक चिसो र हिउँका कारण कतिपय क्षेत्रमा पीडितहरूको अवस्था कठिन भएको र उद्धार कार्य झनै प्रभावित भएको जनाइएको छ ।

टर्कीमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान सबेरै ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यस बेला मानिसहरू सुतिरहेका थिए । पहिलो भूकम्प गएको केही घण्टापछि दिउँसो गएको ७.५ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी टर्कीस्थित काहरामान्मारश सहरनजिकै थियो ।

भूकम्प प्रभावित दुवै देशहरूमा मानवीय क्षति निकै बढी हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । यसैबीच टर्कीका रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन् ।

राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गर्दै अहिले स्थिति नियन्त्रणमा रहेको बताएका छन् । आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपतकालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन् र

 

प्रकाशित: २६ माघ २०७९, बिहीबार ०६:१६

Leave a Reply