No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वैशाख १ मा ‘बिहे पास’

0

काठमाडौं । चलचित्र ‘बिहे पास’ को टिजर बुधबार सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठलाई पति पत्नीको रुपमा देखाइएको छ । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको कुरा बुझिन्छ ।

टिजरमा आम नेपालीको चासो र चाहनाको बिषय समेटिएकाले पनि दर्शकले यो फिल्मप्रति निकै आश राखेको पाइन्छ । प्रवेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

शिव ढकालले खिचेको फिल्मका गीतमा प्रवेश मल्लिकको संगीत,डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ । रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता,ग् याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्रलाई निर्माण पक्षले नयाँवर्ष २०८० को दर्शकलाई उपहार स्वरुप वैशाख १ गते प्रदर्शन गर्न लागेको बताउँदै आएको छ ।

 

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार १८:४७

Leave a Reply