No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाललाई पीएनजीले दियो ९६ रनको लक्ष्य, सन्दीपले लिए ५ विकेट

0

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक एक दिवसीय सिरिजअन्र्तगत नेपालविरुद्ध पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भएको हो ।

उसका असाड भालाले सर्वाधिक २० रन बनाउँदा सेसे बाउले १८, चार्लेस अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ५, ललित राजवंशीले २, कुशल मल्लले २, र सोमपाल कामीले १ विकेट लिए । नेपालले गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई खेलाएको छ ।

प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार ०६:११

Leave a Reply