No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यूएईलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

0

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । नेपालले युएईलाई डकवर्थ लुइस नियमअनुसार ९ रनले पराजित गरेको हो ।

युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा छ विकेटको २६९ रन बनाएको थियो । त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल विजयी भएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले छ विकेटको क्षतिमा ३११ रन विशाल लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो । युएईका लागि आशिफ खानले ४२ रनमा १०१ रनको योगदान दिए भने वृृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६७ रनको योगदान गरे ।

नेपालको जितमा चार जनाले अर्धशतक बनाए । भीम कार्कीले ६७, आरिफ शेखले ५२ रन बनाए भने कुशल भुर्तेल र गुल्सन झाले समान ५० रनको योगदान गरे ।

प्रकाशित: २ चैत्र २०७९, बिहीबार १२:१३

Leave a Reply