No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालको जनसंख्या २ करोड ९१ लाख, रामेछापमा सबैभन्दा कम

0

काठमाडौं । नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा जनगणनाको नतिजा सार्वजनिक गरिएको हो ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ । यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ ।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार ०६:०३

Leave a Reply