No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

0

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ परेको थियो भने विपक्षमा १७ मत परेको थियो । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो । ७ जना भने तटस्थ बसेका थिए ।

जम्कट्टेलको पक्षमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली दलले मत दिएका थिए । प्रदेशसभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा (एकीकृत समाजवादी) ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् । त्यस्तै एमालेको २७, राप्रपा १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार १०:१०

Leave a Reply