No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मुलुकको आर्थिक अवस्था चिन्ताजनक अवस्थामाः उपाध्यक्ष पौडेल

0

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र मजबुत बनाउन यातायात क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

शनिबार बुटवलमा यातायात बहुउद्देश्यीयक सहकारीको साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले मुलुकको सहज अर्थव्यवस्थाका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले अहिले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा रहेको बताए । उनले भने, ‘अहिले मुलुक इतिहासको सबैभन्दा दयनीय आर्थिक संकटमा छ । २०२८ साल यता मुलुकले यस्तो असामान्य अवस्थाको आर्थिक संकट बेहोरेको थिएन ।’

पौडेलले मुलुकको अहिलेको आर्थिक अवस्थाले साधारण खर्च समेत धान्ने अवस्था नरहेको बताए । उनले भने,‘मैले भर्खरै मन्त्रालयबाट बिदा भएको छु । राजस्व संकलन अत्यन्त न्युन छ । जुन ढंगले आन्तरिक राजस्व संकलन भइरहेको छ त्यसले अहिलेको साधारण खर्च धान्नै सक्दैन।’

प्रकाशित: ११ चैत्र २०७९, शनिबार १०:५४

Leave a Reply