No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अपराध नियन्त्रणका लागि कुनै प्रकारको सम्झौता हुँदैनःः महानिरीक्षक कुँवर

0

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफूले काम गर्ने बताएका छन् ।

आइतबार महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएपछि कुँवरले विगतमा भएका त्रुटी लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरीमा सुधार आवश्यक रहेको बताए । उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको बताए ।

उनले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने बताए । महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने पनि बताए ।

 

प्रकाशित: १२ चैत्र २०७९, आईतवार ०६:४७

Leave a Reply