No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जापानमा कोभिडसँग सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशत बालबालिकाको मृत्यु

0

जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका लक्षण भएका १० प्रतिशतभन्दा बढी जापानी बालबालिकाको मृत्यु भएको देखिएको छ ।

सन् २०२० को जनवरीदेखि सन् २०२२ को मे महिनासम्म गरिएको सर्वेक्षणमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमणसँग जोडिएको मस्तिष्कसम्बन्धी तीब्र असन्तुलनका ३४ वटा घटना फेला परेका थिए ।

टोलीले मस्तिष्कमा क्षति पु¥याएको हुन सक्ने कुनै पनि अवस्था भएका ३१ जना बिरामीको अध्ययन गरेको थियो । ती ३१ जना बालबालिकामध्ये १९ जना पूर्ण रुपमा निको भए, तर तीमध्ये चार जना निको भएनन् र अन्य आठ जनामा समस्या देखिएको छ । आठजनामध्ये पाँच जनालाई गम्भीर नकारात्मक असर देखिएको र बेहोस भएको बताइएको छ ।

सर्वेक्षणका अनुसार लगभग आधा बिरामीमा भएको वेहोस, चेतनामा ह्रास आउनु र बोली वा व्यवहारमा आएको परिवर्तन मुख्य प्रारम्भिक लक्षणहरू थिए । सन् २०२२ को जनवरी वा त्यसपछि ओमिक्रन कोरोना भाइरसको लहर सामान्य भएपछि अधिकांश व्यक्तिले तीव्र असन्तुलनको अनुभव गरेका थिए ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार ०२:२८

Leave a Reply