No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ट्रम्प पक्राउ पर्न सक्ने

0

पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्वराष्ट्रपति बनेका छन् । उनीविरूद्धको मुद्दाको विस्तृत विवरण अझै खुलाइएको छैन । ती अभियोगहरू एकजना पूर्व पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई पैसा दिइएको विषयसँग सम्बन्धित छ ।

सन्दिग्ध सम्बन्धका विषयमा मौन रहनका लागि ड्यान्यल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिइएको विषयमा अनुसन्धान गरेपछि एक ग्र्याण्ड जुरीले उनलाई मुद्दा चलाउन मिल्नेगरी मतदान गरेको थियो । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएको विषयलाई लिएर मौन रहनका लागि ड्यान्यल्सलाई पैसा दिइएको आरोप लगाइएको छ । ड्यान्यल्सले पूर्वराष्ट्रपतिसँग आफ्नो व्यभिचारपूर्ण सम्बन्ध रहेको र आफूलाई मौन रहनका लागि पैसा दिइएको दाबी गरेकी छन् ।

म्यानहटनस्थित सरकारी वकिलको कार्यालयले ट्रम्पको आत्मसमर्पणका लागि सहजीकरण गर्न समन्वयका लागि उनका वकिललाई सम्पर्क गरिएको बताएका छन् । अदालतमा ट्रम्पको औँलाका छाप, अभियोजन प्रक्रियाका लागि तस्बिर र डीएनएको नमूना लिइनेछ । त्यसपछि उनले न्यायाधीशहरूसामु ती अभियोगलाई लिएर अपील गर्न सक्नेछन् । जुन अवस्थामा सम्भवतः ट्रम्पलाई जमानत दिइनेछ ।

सुनुवाइका क्रममा यस मुद्दामा उनीविरूद्धका अभियोगहरू पढेर सुनाइनेछ जुन १० देखि १५ मिनेटसम्मको हुनेछ । त्यहाँ प्रदर्शनकारीहरू भेला हुनसक्ने अवस्थाका लागि न्यूयोर्क प्रहरीले सुरक्षा योजना बनाएको छ । अमेरिकामा बहालवाला तथा पूर्व राष्ट्रपतिहरूको सुरक्षाको लागि जिम्मेवार रहने सिक्रेट सर्भिसले अदालतमा हुने उपस्थितिमा सुरक्षाको मुख्य काम गर्नेछ । सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया दिँदै ७६ वर्षीय ट्रम्पले आफू निर्दोष रहेको कुरा दोहोर्याएका छन् ।

उनले अभियोगहरूलाई ‘राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप’ बताएका छन् । फ्लोरिडामा बस्ने पूर्वराष्ट्रपति आउँदो सोमवार न्यूयोर्क आउने र मङ्गलबार अदालतमा प्रस्तुत हुने अपेक्षा गरिएको छ । ट्रम्पका छोरा एरिकले यो चुनावी वर्षमा राजनीतिक विपक्षीको अवसर हेरेर बनाइएको निशाना भनेका छन् । ट्रम्पका उपराष्ट्रपतिका रूपमा काम गरेका माइक पेन्सले ग्राण्ड जुरीको कदमलाई एउटा काण्ड बताएका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा चुनावी अभियानको पैसाको विषयमा उठेको प्रश्न अभियोजनयोग्य नरहेको पेन्सले बताएका छन् । यस कदमले देशलाई थप विभाजित पार्न सघाउने उनले बताएका छन् र

 

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार ०४:१९

Leave a Reply