No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बूढीगण्डकी आयोजना निर्माण अघि बढाउन सांसद पाण्डेको माग

0

काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै उनले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा अघि बढाउनुपर्ने उल्लेख गरे ।

“आगामी बजेट बनाउँदा यस विषयमा सरकारको ध्यानकर्षण गराउन चाहान्छु” उनले भने । सांसद बर्ताैलाले मध्यवर्ती क्षेत्र आसपास नयाँ उद्योग सञ्चालन गर्न कठिनाइ भएको सम्बन्धमा सरकारको ध्यानकर्षण गराउँदै मध्यवर्ती क्षेत्रको समस्या दिगोरुपमा समाधान गर्न आग्रह गरे ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले गैरकानुनी रुपमा नागरिकको रुजु विवरण ठेक्का खारेज गर्ने सरकारको निर्णयको स्वागत गरे ।

उनले यसवर्ष समयमै पाठ्यपुस्तक सबै विद्यालयमा पुर्याउन सकेकोप्रति सरकार र सम्बन्धित निकायलाई धन्यवाद दिए । उनले स्वदेशमै युरिया मल उत्पादन गर्नका लागि तत्काल योजना अघि बढाउन जरुरी रहेको उल्लेख गर्दै युरिया मल कारखाना छिट्टो भन्दा छिट्टो सञ्चालनमा ल्याउनका लागि आगामी बजेटमा समावेश गर्न आग्रह समेत गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संसद् बैठक बस्दा ठूलो खर्च हुने गरेको बताउँदै अचानक संसद बैठक स्थगित हुने गरेकोप्रति आपत्ति जनाइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले लामो समयसम्म प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नदेखिएको भन्दै ध्यानाकर्षण गराए ।

उनले ठूला भ्रष्टाचारका विषयमा अख्तियारले अध्ययन गर्न र मुद्दामा दायर गर्नका लागि ढिलाइ गरिरकेको सम्बन्धमा सभामुखमार्फत ध्यानाकर्षण गराए । जनता समाजवादी पार्टी नेपालका सांसद रञ्जुकुमारी झाले मुलुकभित्रै रोजगारी सिर्जना गर्न र रासायनिक मल आपूर्तिमा भएको फरक निर्णय तत्काल फिर्ता लिन आग्रह गरिन् ।

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बूढीगण्डकी आयोजना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको उल्लेख गर्दै आयोजना तत्काल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित: ६ बैशाख २०८०, बुधबार ०९:३२

Leave a Reply