No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बन्नुहुन्छः सभापति देउवा

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्द भट्टराईलाई जिताएर पठाउन तनहुँका मतदातालाई आग्रह गरेका छन् । बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताएर पठाए मन्त्री बनाएर पठाउने वाचा गरेका हुन् ।

उनले ब्यास अब राष्ट्रपतिको भूमि पनि बनेको बताए। उनले भने, ‘व्यास अब राष्ट्रपतिको भूमि पनि बन्यो । गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ । उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ, हुनुहोला पनि।’

सभापति देउवाले भट्टराईलाई जिताउन आग्रह गर्दै तनहुँमा प्राविधिक विश्वविद्यालय र अस्पताल बनाउने जिम्मा आफ्नो भएको बताए ।

प्रकाशित: ६ बैशाख २०८०, बुधबार १२:१२

Leave a Reply