No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रास्वपाप्रति प्रधानमन्त्रीको कटाक्षः कहिलेकाहीँ खहरे खोला डरलाग्दो गरी आउँछ, त्यो खहरे क्षणभरमै सुक्छ

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ–१ बाट निर्वाचित भएपछि गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् । बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने घोषणा गरेको, तर पौडेल प्रधानमन्त्रीभन्दा पनि ठूलो पदमा पुगेको बताए । उनले गोविन्दलाई मत दिन अलमलिनु नपर्ने बताए ।

उनले भने, ‘यो गठबन्धनको सरकार पाँचवर्ष जान्छ । त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई खहरे खोलाको संज्ञा दिए । उनले भने,‘कहिलेकाहीँ खहरे खोला डरलाग्दो गरी आउँछ त्यो खहरे छिनभरमै सुक्छ । नदी गम्भीर ढङ्गले आफ्नै गतिमा महासागरतिर लम्किरहन्छ । यो कुरा नर्बिसौं ।’ उनले अहिलेको गठबन्धनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याएर विकास र समृद्धिमा लागिने समेत बताए ।

 

 

प्रकाशित: ६ बैशाख २०८०, बुधबार १२:१६

Leave a Reply