No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोलले चेल्सी पराजित

0

काठमाडौं । ईंगलिस प्रिमियर लिगको जारी खेलमा चेल्सी पराजित हुन पुगेको छ । घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २–० ले पराजित हुन पुगेको हो । चेल्सीको यो लगातार पाँचौं हार हो । स्टामफोर्ड ब्रिजमा बुधवार राती भएको भएको खेलको ३७औं मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए ।

अन्ततः कतैवाट पनि थप गोल हुन नसके पछि खेल पहिलो हाफमा १–० मा नै टुंगियो । दुबै टोली एक अर्काको पोष्टमा गोल हान्नका लागि दबाब बढाए पनि सफल हुन सकेनन् । तर, खेलको ७८औं मिनेटमा ब्रेन्टफर्डका ब्रायनले गोल थप गरे पछि खेल अन्तत २–० मा टुंगियो । यस पराजयसँगै चेल्सी ३२ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा छ भने ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अंक जोडेर नवौं स्थानमा उक्लिन पुगेको छ ।

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार ०३:३७

Leave a Reply