No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य

0

काठमाडौं । एसीसी प्रिमियर लिगको समुह चरणको अन्तिम खेलमा नेपाल १५७ रनमा अलआउट भएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाललाई खेलको ४०.३ ओभरमा १५७ रन बनाउँदा सबै विकेट गुमाएको हो । नेपालका लागि सर्वाधिक रन सन्दीप लामिछानेले बनाएका छन् ।

उनी अविजित रहँदै ४२ रन बनाएका छन् । नेपालले पहिलो ९ रन बनाउँदा दुई विकेट गुमाएको थियो । नेपालका ओपनर कुशल भुर्तेल दुई तथा भिम सार्की ६ रन बनाउँदै आउट भएका थिए । यस्तै रोहित पौडेलले २७ रन बनाउँदा आशिफ शेख १९, दिपेन्द्र सिंह ऐरीले १२ रनको योगदान गरे । सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान गरे ।

कुशल मल्ल तीन, गुल्शन झा सात रन र ललित राजवंशी एक रन बनाउँदै आउट भएका थिए । यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि साउदी अरबसँग अक बाँडेपछि एक खेल अगावै नेपाल सेमीफाइनलमा पुगेको थियो । नेपाल रहेको समूह एबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

 

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार ०७:०२

Leave a Reply