No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मेस्सीले मागे माफी

0

एजेन्सी । लियोनेल मेस्सीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ती स्वीकार गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् ।

सोही अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो । मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक यो सोचेँ कि हामीले खेल पछिको दिन बिदामा हुनेछौं, जुन अघिल्लो हप्ताहरूमा पनि भइरहेको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्द गरिसकेको थिएँ तर यसपटक भने सकिन ।’

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । उनी सो सम्झौता अनुसार अब तीनवटा मात्रै खेल खेल्न पाउनेछन् । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारीमा छ ।

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाइरहेका छन् र उनीमाथि करोडौं खर्च गर्न खोजिरहेका छन् ।

 

प्रकाशित: २३ बैशाख २०८०, शनिबार ०३:४४

Leave a Reply