No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चर्च ब्वाइज शीर्ष स्थानमा

0

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाईटेड शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष स्थान उक्लिएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गोल गरे । सुशील शाहले एक गोल थपे । एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए । जितसँगै चर्च ब्वाइजले १५ खेलमा २७ अंक जोडेको छ ।

एनआरटीको १५ खेलमा १७ अंक रहेको छ । त्यस्तै शनिबार नै भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले सातदोबाटो युथ क्लबसँग बराबरी खेलेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो र मनाङले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक खेल दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै सातदोबाटोले १५ खेलमा २३ अंक जोडेको छ । मनाङले १५ खेलमा १९ अंक जोडेको छ ।

 

प्रकाशित: २३ बैशाख २०८०, शनिबार १२:३२

Leave a Reply