No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

करण र सावित्रा उत्कृष्ट वर्ष खेलाडी

0

पोखरा । पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणमा क्रिकेटका करण केसी र फुटबलकी सावित्रा भण्डारीले सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा लाइफ टाइम अचिभमेन्ट सहित विभिन्न ७ विधामा आवार्ड वितरण गरेको थियो ।

पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडी बनेका करण केसीले टेनिसका प्रदीप खड्का, आर्चरीका गंगाबहादुर कुबँरलाई पछि पार्दै उपाधि जिते । त्यसै गरी सावित्रा भण्डारीले आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरलाई पछि पारिन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारे ।

त्यसै गरी उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सम्माति भएका छन् । उनले भलिबलका रवि केसी, फुटवलका सुमित श्रेष्ठलाई पछि पारे । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले उपाधि जिते । उनले लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनारलाई पछि पारे ।

त्यसैगरी बर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको छ । उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट पत्रकार अवार्डका विजेताले नगद ३५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफीले सम्मानित भए ।

वर्षोत्कृष्ट खेल संघ गण्डकी कास्की जिल्ला ह्यान्डबल संघले जितेको छ । संघले अवार्ड सहित ३५ हजार रुपैयाँ हात पारेको छ । मञ्चले सातौं संस्करणको लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानी सम्मानित भए ।

मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मानीत भए । यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पुर्व मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब टंकलाल घिसिङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्यले लगाएतले उत्कृष्टहरुलाई अवार्ड प्रदान गरेका थिए ।

प्रकाशित: २३ बैशाख २०८०, शनिबार १३:३०

Leave a Reply