No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रियल म्याडिड्रलाई कोपा डेल रेको उपाधि

0

काठमाडौं । रियल म्याडिड्र स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । ओसासुनालाई २–१ ले पराजित गर्दै ९ वर्षपछि रियल म्याड्रिड च्याम्पियन बनेको हो । सेभियामा गएराति भएको खेलमा ब्राजिली युवा विंगर रोड्रिगोले गरेको दुवै गोलको मद्यतले रियलले च्याम्पियनसिप हुन सफल भएको हो ।

खेल सुरु भएको पहिलो १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । यति छोटो समयमा गोल भएको यो पहिलो रेकर्ड पनि हो । कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि मात्रै यति छिटो गोल हुन सकेको थियो । र, पहिलो हाफको खेल १–० मा नै टुंगिन पुगेको थियो ।

दोस्रो हाफको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरी बनाए । तर, ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाउन सफल भए, सोही गोलले नै रियललाई केपा डेल रेको च्याम्पियन बनाउन मद्दत पुग्यो । रियलले यसअघि अन्तिम पटक सन २०१४ कोपा डेल रेको उपाधि जितेको थियो ।

प्रकाशित: २४ बैशाख २०८०, आईतवार ०२:५९

Leave a Reply