No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आर्मी र संकटा बराबरीमा

0

काठमाडौं । शहिद स्मारक ए डिभिजनमा त्रिभुवन आर्मी र संकटाले बराबरी खेलेका छन् । दोस्रो लेगमा आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा  संकटा क्लवसँग एक एक गोलको बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलको १८ औं मिनेटमा भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। उनले नवयुग श्रेष्ठले उपलब्ध गराएको पासमा गोल गरेका हुन् ।

भरत खवासको जारी लिगमा यो पहिलो गोल रहेको छ । त्यसपछि खेलको अतिरिक्त समयको अन्तिम समयमा संकटाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको हो ।

आर्मीका खेलाडीले संकटाका खेलाडीलाई पेनाल्टी एरियामा लडाएपछि पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा युशुफ अत्रिसले गोल गर्दै आमीसँग एक अंक खोस्न सफल भएका छन् । बराबरीसँगै संकट १५ खेलबाट १७ अंक बनाउँदै अहिलेका लागि रेलिगेशन जोनबाट बाहिर निस्केको छ । आर्मीले १५ खेलबाट २१ अंक रहेको छ ।

 

प्रकाशित: २४ बैशाख २०८०, आईतवार १५:१४

Leave a Reply