No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

0

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित हासिल गरेको छ । घरेलु टोली ट्रोएसलाई ३–१ ले पराजित गर्दै लिगको र्शीास्थानमा रहेको पिएसजीले उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।

ट्रोएसको खेल मैदानमा गएराति भएको खेलको ८ औं मिनेटमा केलियन एमबाप्पेले सुरुवाती गोल गरेर पिएसजीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीवाट गोलका लागि अनवरत प्रयास गरे पनि कुनै गोल हुन सकेनन, अन्ततः पहिलो हाफ १–० मा टुंगियो । उता, दोस्रो हाफको ५९औं मिनेटमा भिटिन्हाले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारिदिए तर ८३औं मिनेटमा जेभियर चाभालेरिनले गोल फर्काउदै खेललाई २–१ को स्थितिमा ल्याए ।

अन्तिम समयमा रोमाञ्चक बन्न पुगेको खेलको ८६ औं मिनेटमा पछि फावियन रुइजले गोल गर्दै पिएसजीलाई ३–१ को स्थितिमा अघि बढाए । अन्ततः खेल ३–१ मा टुंगिन पुग्यो । यस जितसँगै शीर्षस्थानको पिएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ भने पराजित ट्रोएस समान ३४ खेलबाट २२ अंक जोडेर १९औं स्थानमा सीमित छ ।

प्रकाशित: २५ बैशाख २०८०, सोमबार ०२:५९

Leave a Reply