No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ

0

गण्डकी। गण्डकी प्रदेशमा थप चार मन्त्रीले शपथ लिएका छन् ।शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् । कांग्रेसबाट दीपेन्द्रबहादुर थापा, महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आलेले शपथ लिएका छन् । माओवादीबाट रेशम जुग्जालीले शपथ लिएका छन् ।

गत वैशाख १५ गते मुख्यमन्त्रीको शपथ लिएका पाण्डेले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । पाण्डेसहित गण्डकीमा कांग्रेसबाट स्याङ्जाकी सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशिला सिंखडा मन्त्री बनेका थिए ।

प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार १०:५७

Leave a Reply