No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेर्पा र मनाङ बराबरीमा

0

काठमाडौं । ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लबले अंक बाँडेका छन् । शुक्रबार एन्फा मैदान सातदोबाटोमा शेर्पा र मनाङले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मनाङका लागि निराजन धामीले १३ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफकै ३६ औं मिनेटमा शेर्पाका अबायानी फकुल्नीले गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीसंगै मनाङ १७ खेलबाट २१ अंक रहेको छ भने हिमालयनको १७ खेलमा २१ अंक रहेको छ ।

 

प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार १३:२४

Leave a Reply