No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ट्वीटरको नेतृत्व महिलाले गर्ने

0

 

ट्वीटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले  ट्वीटरको नेतृत्व गर्ने बताएका छन् ।  यसको नेतृत्वका लागि एनबीसीयुनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको  न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

न्युयोर्क टाइम्सका अनुसार एकजना अधिकारीले यसको प्रक्रिया निकै अगाडि बढेको बताएका छन् । उनका अनुसार याकारिनो मस्कसँग  गत हप्तादेखि छलफलमा  चलिरहेको छ।

गत महिना, याकारिनोले मियामीमा एक विज्ञापन कार्यक्रममा मञ्चमा मस्कसँग अन्तर्वार्ता लिएको समाचार सार्वजनिक भएको छ । यसअघि बिहीबार पनि मस्कले ट्वीटरका लागि प्रमुख कार्यकारी चयन गरेको तर परिचय भने नखुलाएको बताइएको छ । यस्तै वाल स्ट्रीट जर्नलले पनु याकारिनो मस्कसँग वार्तामा  रहेको उल्लेख गरेको  छ ।

गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेका मस्कले प्रमुख कार्यकारीको नियुक्ते फरक व्यक्तिको भए पनि कम्पनीमा बलियो पकड कायम राख्नेछन् । ट्वीटरको मालिकको रूपमा उनले यसका ७,५०० कर्मचारीहरू मध्ये ७५ प्रतिशत भन्दा बढी हटाउने र अनेक किसिमका सेवा सुविधाहरू र रणनीति परिवर्तन गरेर यसमा आफ्नो पकड बलियो बनाएका थिए ।

निवर्तमान सीईओले भर्खरै ट्वीटरमा अर्को अपडेट थप्ने घोषणा गरेका छन् जसले यसको प्रयोगकर्ताहरूलाई ईन्क्रिप्टेड सन्देश सेवामा प्रारम्भिक पहुँच गर्न अनुमति दिनेछ ।

अपडेट हाल प्रमाणित प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ । यसअघि मे ११ मा मस्कले इन्क्रिप्टेड मेसेजिङको प्रारम्भिक संस्करण  शुरु भइरहेको बारे अपडेट गर्दै ट्वीट  सार्वजनिक गरिएको थियो ।

प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार १४:०४

Leave a Reply