No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’

0

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ । गायिका दुर्गा खरेलको ओरिजिनल भर्सन रहेको यो गीतको नयाँ भर्सनमा सरु गौतमले स्वर दिएकी छन् ।
ओरिजिनल गीतमा अर्जुन पोखरेलको संगीत छ । रिमेक भर्सनको गीतमा राजेन्द्र बजगाईंको रिमेक र एरेन्ज, मनोज परियारको मिक्सिङ तथा मास्टरिङ छ ।

गीतमा किरण नेपाली र सेन्जल पौडेल फिचर्ड छन् । यो गीतमा मानकृष्ण महर्जनको छायांकन छ ।राजु गिरी निर्देशित फिल्ममा किरण नेपाली, सेन्जल पौडेल, सबिन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली, मिठु ठाकुर, बाबुराम शाक्य र एसपी उप्रेतीको अभिनय छ ।

फिल्ममा अर्जुन पोखरेल र राजेन्द्र बजगाईंको संगीत, अमृत रेग्मी र भिष्मराज फुलाराको गीत, रामजी लामिछानेको कोरियोग्राफी, राजेन्द्र मोक्तानको कलर, देव महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन छ । फिल्मका निर्माता शंकर गिरी, पूर्णकला गिरी र सरिता गिरी छन् ।

प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार १०:४१

Leave a Reply