No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

साउदी अरबमा पुनः कूटनीतिक नियोग खोल्ने इरानको निर्णय

0

इरानको विदेश मन्त्रालयका प्रवक्ताले साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन् । विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले विज्ञप्ति जारी गरी रियादमा रहेको इरानी दूतावास र जेद्दाहमा इस्लामिक सहयोग सङ्गठनका लागि महावाणिज्य दूतावास र प्रतिनिधि कार्यालय मङ्गलबार र बुधबार औपचारिक रूपमा पुनः खोल्ने उल्लेख गरेका छन् ।

यो निर्णय द्विपक्षीय सम्बन्ध पुनः सुरु गर्ने इरान–साउदी अरेबिया सम्झौता कार्यान्वयन गर्ने प्रक्रियाको एक हिस्सा भएको मन्त्रालयले जनाएको छ । इरानले अनुभवी कूटनीतिज्ञ अलिरेजा इनायतीलाई साउदी अरेबियाका लागि आफ्नो राजदूत नियुक्त गरेको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले बताएको छ ।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार ०२:३६

Leave a Reply