No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘प्रधानमन्त्रीविरुद्ध लेनिन विष्टले हालेको मुद्दाको कुनै तुक छैन’

0

हिमाल शर्मा ।
यी लेनिन विष्ट भाइलाई मैले सर्वोच्च अदालतमा संयोगवस भेटेको थिएँ । उहाँले मुद्दा राखेको छु दाइ भन्दै मिसिलको फोटोकपी देखाउँदै हुनुहुन्थ्यो । तपाईलाई जनमुक्ती सेनामा कोस्ले कहिले भर्ती गर्यो ? तपाईं बाल सैनिक हुँदै होइन । तपाईं क्यान्टोन्टमेन्टमा कसरी पुग्नु भयो र भान्सामा के जिम्मेवारी पाउनु भएको थियो भन्ने कुराको जानाकारी स्वयम् तपाईं हुनुहुन्छ । प्रमाणीकरणमा अनमिनले तपाईं २२ वर्षेलाई सोध्दा धेरै पहिलेदेखि लागेको भन्दा झन् राम्रो होला भन्ठानेर ८ वर्ष पहिले लागेको झुटो बयान दिएकोले बयान अनुसार १४ वर्षमा भर्ती भएको रेकर्ड कायम भयो होला । यसमा तपाईंलाई अनमिनले अयोग्य लडाकुको कार्ड दियो । पार्टीले वहिगर्मित सेना भन्यो । यसमा तपाईको जवाफ दोषी हो की प्रचण्ड÷ बाबुरामको ? यतिवेला सरकारले २/२ लाख दिने निर्णय गरेकोमा अहिले तपाईंलाई उचाल्नेहरुले अदालतमा गएर रोकेका छन् ! उचालिनु हुँदैन भन्नेर मैले सुझाव दिएँ । हेरौं न प्रचण्ड र वाबुरामका विरोधी कोको रहेछन् तिनले मेरो साथ दिन्छन् रे ! किन यसो गरेको भन्दा यी भाइका साना साना २ वटा प्रश्न थिए

१) राष्ट्रिय युवा परिषदको उपाध्यक्ष भएर जाने धोको पुरा भएन !

२) पहिले उर्जा मन्त्रीको सचिवालयमा बसेको तर अहिले प्रधानमन्त्री प्रचण्डको सचिवालयमा आफूलाई किन राखिएन ? !! त्यै भएर यस्तो कदम लिएको रे ! ज्ञात रहोस् यो मुद्दाको कुनै तुक छैन– उखान छ नी उचालेको कुकुरले मृग मार्दैन ! यो मुद्दा भन्ने प्रोपोगान्डामात्र हो । छलफल मा आउनुहोस् भाइ तपाईंको भावनात्मक समस्याको समाधान माओवादीको नेतृत्वबाट मात्र सम्भव छ ।

प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार ०४:४८

Leave a Reply