No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

0

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

प्रकाशित: १ असार २०८०, शुक्रबार ०५:२१

Leave a Reply