No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भीम सार्कीको अर्धशतक पूरा

0

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत अमेरिकासंगको खेलमा नेपालका भीम सार्कीले अर्धशतक प्रहार गरेका छन् । उनले ९७ बलमा ४ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् ।

ओडिआई करिअरको भीमको यो तेस्रो अर्धशतक हो । टोलीको स्कोर २५ रन हुँदा ओपनर आसिफ शेख आउट भएपछि भीम ब्याटिङ गर्न आएका थिए । त्यसपछि उनले सम्हालिदै ब्याटिङ गरिरहेका छन् ।

नेपालले ३७ ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको छ । त्यसअघि जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो ।

प्रकाशित: ५ असार २०८०, मंगलवार १४:०७

Leave a Reply