No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वेस्टइन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

0

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ । जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रन बनाएको छ । जसमा शाई होप र निकोलश पूरनले शतक प्रहार गरे । होपले १३२ र पूरनले ११५ रन बनाए । यि दुई ब्याटरबीच चौथो विकेटको लागि दुईसय १६ रनको साझेदारी पनि भएको थियो ।

एक समय ५५ रन जोड्दा ३ विकेट गुमाएपछि धर्मराएको पारी होप र पूरनले सम्हालेका थिए । नेपालका लागि ललित राजवंशीले ३,सन्दीप लामिछाने, करण केसी,गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट हात पारे ।वेस्टइन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

प्रकाशित: ७ असार २०८०, बिहीबार ११:०१

Leave a Reply