No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पल शाहको प्रश्न : के मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

0

काठमाडौं । नायक पल शाहले आफूमाथि अझै ‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति आपत्ति जनाएका छन् । एक टेलिभिजन अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार ‘सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका हुन् ।

सामाजिक संजालमार्फत उनले भनेका छन्, ‘अदालतबाट ‘सफाई’ पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौं कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ ? मलाई पल शाह बनाएको तपाईंहरुले हो यस कारण म प्रश्न पनि तपाईंहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बॉचौ ? कसरी हिडौं ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?’

प्रकाशित: २५ असार २०८०, सोमबार १८:४३

Leave a Reply