No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मन्त्रीको संलग्नता विना यति ठूलो परिणाममा सुन आउनै सक्दैनः अध्यक्ष ओली

0

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले देश लुटिरहेको आरोप लगाएका छन् । बुधबार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सुन तस्करीबारे ब्रिफिङ गर्दै यस्तो हुँदा अब चुप लागेर बस्न नहुने बताएका हुन् ।

बैठकमा अध्यक्ष ओलीले मन्त्रीको संलग्नता विना यति ठूलो परिणाममा सुन आउन नसक्ने बताएका थिए । बैठकले यसबारे सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ ।

अध्यक्ष ओलीले कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सुन तस्करीमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका थिए । रेडी ट्रेड नामक कम्पनीको नाममा आएको एक क्वीन्टल सुन भन्सार जाँचपछि राजश्व अनुसन्धान विभागको टोलीले गतसाता विमानस्थलबाट बरामद गरेको थियो ।

प्रकाशित: १० श्रावण २०८०, बुधबार ०८:३८

Leave a Reply