No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले पहिलोपटक विश्व साइक्लिङमा भाग लिँदै

0

काठमाडौं । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदैछ । यही साउन १७ देखि २८ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक–एक पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३औँ दक्षिण एसियाली खेलकुदमा एमटिबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् ।

यसैगरी टोली व्यवस्थापकमा नेपाल साइक्लिङ सङ्घका महासचिव रञ्जन राजभण्डारी रहेका छन् । टोली आइतबार स्कटल्यान्ड प्रस्थान गर्नेछ । सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिहीबार आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

प्रकाशित: १८ श्रावण २०८०, बिहीबार १६:२३

Leave a Reply