No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मनसुन कप टेनिसको उपाधि धरम र केबीको जोडीलाई

0

पोखरा । मनसुन कप डबल्स टेनिस प्रतियोगिताको उपाधि धरमसिंह लामिछाने र केबी तामाङ्गको जोडीले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नविन श्रेष्ठ र इन्द्र गुरुङ्गको जोडीलाई पराजित गर्दै धरम जोडीले उपाधि रक्षा गरेको हो ।

पहिलो सेटको खेल सुपरटाईमा ८–१० पराजित भएको धरम जोडी दोश्रो र तेश्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै खेल आफ्नों पक्षमा पार्न सफल भए । धरम जोडीले दोश्रो सेटमा ६–० को सहज जित निकाले । तेश्रो सेटको नजिता सुपर टाईमा १०–४ ले निकाल्दै यो जोडीले खेल आफ्नों पक्षमा पारेको हो । प्रतियोगितामा राज गुरुङ्ग इनर्जेटिक खेलाडी घोषित भए ।

विजयी खेलाडीहरुलाई  नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक वीरेन्द्र लामा, खेलाडी तथा आयोजक संस्थाका सल्लाहकार गोपी भट्टराई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा  कायस्थले पोखरामा सञ्चालन हुने यस्तै प्रतियोगिताहरुले यहाँ उत्कृष्ट खेलाडी उत्पादनमा सहयोगी भएको बताए । चाइनामा हुने एशियाडका लागि छानिएका पोखरेली दुई खेलाडी तालिमका लागि अभिषेक बाँस्तोला स्पेनमा तथा प्रदीप खड्का बैङलोर गएको जानकारी दिए ।

 

 

प्रकाशित: २० श्रावण २०८०, शनिबार १६:५९

Leave a Reply