No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकी विश्वविद्यालयको आयोजनामा विद्यार्थीलाई फुुटबल प्रशिक्षण

0

 

गण्डकी । गण्डकी विश्वविद्यालयको आयोजनामा जापानी फुटबल प्रशिक्षक इतारु कातोले पोखराका विद्यार्थीलाई फुटबल प्रशिक्षण गराएका छन् । इतारुले गण्डकी विश्वविद्यालय र अन्य सात विद्यालयका विद्यार्थीलाई शनिबार र आइतबार फुटबल प्रशिक्षण गराएका हुन्  । करिब ६० जना विद्यार्थीलाई शनिबार अवलोकन र अभ्यास, आइतबार फुटबलका सैद्धान्तिक प्रशिक्षण गराइएको हो ।

गण्डकी प्रदेश सरकारद्वारा स्थापित गण्डकी विश्वविद्यालयमा नेपालमै पहिलोपटक स्नातक तहमा चारवर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम)को अध्यापन भइरहेको छ ।

नेपालमै पहिलो पटक २०७७ सालमा प्रदेश सरकारद्वारा स्थापित विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनका साथै अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।

गण्डकीे विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिँदै ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका संयोजक मधुसूदन सुवेदीले जानकारी दिए। विश्वविद्यालयमा पाँच सङ्कायका विषयमा पठनपाठन हुँदै आएको छ ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार १६:५६

Leave a Reply