No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ग्लोबल टी-२० क्यानडाको उपाधि मोन्टरियललाई

0

काठमाडौं । ग्लोबल टी २० क्यानडाको उपाधि नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरियल टाइगर्सले जितेको छ । गएराति भएको फाइनल खेलमा नेपालकै सन्दीप लामिछाने आवद्ध सर्रे जगुवार्सलाई ५ विकेटले पराजित गर्दै मोन्टरियलले उपाधि जितेको हो । सर्रे सिधै फाइनल पुग्दा मोन्टरियल क्वालीफायरबाट फाइनल पुगेको थियो ।

सर्रेले पहिले ब्याटिङ गर्दा ५ विकेट गुमाएर १३० रन बनाएको थियो । सर्रेका लागि जतिन्दर सिंहले नटआउट ५६ रन बनाउँदा आयान खानले २६ रन बनाए । यसैगरी मोहम्मद हारिसले २३ रन जोडेका थिए ।

बलिङतर्फ मोन्टरियलका आयान अफजल खानले २ विकेट लिए भने कार्लोस ब्रेथह्वाइट, अब्बास अफ्रिदी र आन्द्रे रसेलको नाउँमा एक एक विकेट रह्यो । १३१ रनको लक्ष्यसहित मैदान उत्रिएको मोन्टरियलले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । मोहम्मद वसिम सुन्य रनमै आउट भएका थिए । त्यसपछि कप्तान क्रिस लिन र श्रीमन्था वाजिरत्नेले पारि सम्हालेका थिए । तर श्रीमन्था पनि १२ रन बनाएर आउट भए ।

त्यसपछि दिलप्रित सिंहले १४ रनको पारि खेले । सेरफन रुथफोर्ड र नेपालका दीपेन्द्रले खेल अगाडि बयाएका थिए । तर, १७ बल फेस गरेर १ चौकासहित १६ रन बनाएपछि दीपेन्द्र रिटायर्ड हट भएपछि आन्द्रे रसेल क्रिजमा आएका थिए । रसेलले नै मोन्टरियललाई जित दिलाए । रुथफोर्ड ३८ रनमा नटआउट रहँदा रसेलले २० रन नटआउट रहे । रसेलले ६ बल फेस गर्दा २ छक्का र १ चौका प्रहार गर्दै जित दिलाएका हुन ।

अन्तिम ओभरमा १३ रन आवश्यक परेका बेला दोस्रो र अन्तिम बलमा रसेलले छक्का प्रहार गरका थिए । सन्दीपले ३ ओभरमा २० रन खर्चिए पनि विकेट लिन भने असफल भए । प्रतियोगितामा रुथफोर्ड नै प्लेयर अफ द म्याच र सिरिज घोषित भएका छन् ।

 

प्रकाशित: २२ श्रावण २०८०, सोमबार ०२:४३

Leave a Reply