No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दोषी देखिए मलाई पनि हत्कडी लगाउँदा हुन्छः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए कसैलाई पनि नछाडिने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दोषी भेटिए आफूलाई पनि हत्कडी लगाएर थुन्न आग्रह गरेका हुन् ।

माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीका अनुसार प्रधानमन्त्रीले अनुसन्धानमा प्रचण्ड गलत भेटिए पनि पक्राउ गर्न भनेका छन् ।

उनले भने,’अनुसन्धान गर्दै जाँदा प्रचण्डलाई अनुसन्धानको बाटोमा गलत भेटिन्छ भने पक्राउ गर्दा हुन्छ । तर सुन प्रकरणमा नाम जोडिएका सबैको अनुसन्धान हुन्छ ।’ प्रधानमन्त्रीले आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए ।

उनले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराकाबारेमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् । उनले भने, ‘पार्टीको व्यक्ति भनेर हुँदैन । महराजीको बारेमा अहिले कुरा आइरहेको छ । अनुसन्धान अगाडि बढाउन सीआइबीलाई भनिसकेका छौं ।’

प्रकाशित: २९ श्रावण २०८०, सोमबार ०९:११

Leave a Reply